काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन सडक १ हप्ता आंशिक बन्द हुने भएको छ । नौबिसे–मुग्लिन सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले पुस ७–१३ गतेसम्म सवारीसाधनहरू आंशिक बन्द हुने जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने…