एनआरएनएको निर्वाचित समितिनै वैधानिक : प्रधानमन्त्री

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को वैधानिकताको विषयमा उठाइएका विवादलाई निराधार बताएका छन् । प्रधानमन्त्री ओलीले एनआरएनएको वर्तमान कार्यसमिति नै वैधानिक भएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरूको संस्थाको वैधानिकता बारेमा पटक पटक विवाद गर्न उचित नहुने जनाउँदै संस्थाको भविष्यको लागि एकता र समन्वयको आवश्यकता रहेकोमा जोड दिए ।…