काठमाण्डु – सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक संकटमा पर्दा नेपालका ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस सधैं एकजुट भएर निकास दिँदै आएको स्मरण गरेका छन् । लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटस्थित वीरभक्ति माध्यमिक विद्यालयको ५७औं वार्षिकोत्सव तथा ५१औं अभिभावक दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार ढलिहाल्छ कि…