काठमाण्डु- नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खस्दा सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा आज साँझ आएको पहिरोले सडक अवरुद्ध भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माले आज साँझ खसेको पहिरोका कारण सडक अवरुद्ध भएको बताउँदै पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिए। माथिबाट पहिरो आउने जोखिम कायमै रहेको…