काठमाण्डु - मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। सोमबार बिहान ४ बजे प्रदेश राजधानी जनकपुरधाम बाहिर पुगेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपदफा ३ बमोजिम मधेशको मुख्यमन्त्री पदमा यादवलाई नियुक्त गरेकी हुन्। यादव एमालेबाट प्रदेशसभा सदस्य तथा एमाले मधेस प्रदेश संसदीय दलका नेता हुन्।…