छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु

काठमाण्डु – धनुषा र सप्तरीमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा २ जनाको मृत्यु भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित सडकमा मधेश प्रदेश ०२–००१ क २२४० नम्बको टिपरले ज८प ७७४३ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार क्षिरेश्वरनाथ नगरपालिका–१० बस्ने ८० वर्षीय चलितर मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल…