हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित

काठमाण्डु - हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार बिहान हङकङको मोङ कोकस्थित मिसन रोड मैदानमा भएको पहिलो खेलमा अफगानिस्तान १७ रनले विजयी भएको हो। छ ओभरको खेलमा अफगानिस्तानले पाँच विकेट गुमाएर ११२ रन बनाएको थियो। जवाफमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा रहेको नेपालले दुई विकेट गुमाएर ९५ रन बनायो। प्रतियोगितामा…