सीमा क्षेत्रमा खटिएर सशस्त्र प्रहरीले मातृभूमिको रक्षा गरिरहेको छ : गृहमन्त्री लेखक

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा गर्ने जिम्मेवारी महत्वपूर्ण भएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हलचोकमा आयोजित ‘वरिष्ठ अधिकृतको सम्मेलन २०८२’को समापन समारोहमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरीले मातृभूमि रक्षा गरिरहेको बताए । हाइड्रोपावरका साथै विभिन्न उद्योगहरूमा राज्यले सुरक्षा दिने भए पनि खर्च भने सम्बन्धित उद्योगले व्यहोर्नुपर्ने व्यवस्था गर्ने तयारी भइरहेको…