विराटनगर – नेकपा एमाले कोशी प्रदेश सभको प्रमुख सचेतकमा विदुरकुमार लिङ्थेप नियुक्त भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विदुरलाई प्रमुख सचेतकमा नियुक्त गरेका छन् । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको विधान २०७७ को दफा ८ बमोजिम उनलाई प्रमुख सचेतकमा नियुक्त गरिएको छ । लिङ्थेप प्रदेश सभामा निर्वाचित हुनुअघि संखुवासभाको मादी नगरपालिकाको मेयर रहेका…