काठमाण्डु- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायका छपाइसम्बन्धी कार्य अब नेपाल प्रज्ञा प्रतिष्ठानस्थित प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ । मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले मन्त्रालय र अन्तर्गतका निकाय निकायबाट गरिने छपाइसम्बन्धी कार्य प्रज्ञा छापाखानाबाट छपाइ गर्ने निर्णय गरेको हो । बैठकले सो छापाखानाको क्षमताअनुरुप गर्न सकिने छपाइका कामको विवरणसहितको…