काठमाण्डु-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा आइतवार साँझ सडक किनारमा पल्टिएको हो । चामल बोकेको ट्रक पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का…