दोस्रो संस्करणको इडब्लुभिएल आजदेखि, उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्दै

काठमाण्डु - वात्सल्य एभेरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण शुक्रबारदेखि पोखरामा सुरु हुँदै छ। उद्घाटन खेलमा कर्णाली यशविस र पोखरा निन्जाज आमनेसामने हुँदै छन्। उद्घाटन खेल पोखराको बहुउद्देश्यीय कभर्डहलमा दिउँसो २ बजेबाट हुनेछ। त्यस्तै, शुक्रबार नै हुने दोश्रो खेलमा ललितपुर क्विन्स र मधेश यूनाइटेड भिड्ने छन्। सो खेल अपरान्ह ४ बजे सुरु हुनेछ।कुल…