काठमाण्डु - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । ‘भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएको संसद् बैठक बस्न लागेको हो । जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। दलहरूबीच पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको छैन। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद…