दैलेख – सुर्खेत–दैलेख सीमास्थित वीरेन्द्रनगर–१४ रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । मृत्यु र घाइतेको पहिचान खुलेको छैन । शुक्रबार दिउँसो दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।…