गृहमन्त्री र ‘नो केबलकार समूह’बीच आज वार्ता हुँदै

काठमाण्डु- पाथीभरामा निर्माणाधीन केबलकारको विपक्षमा रहेका आन्दोलनरत पक्ष र सरकारबीच सोमबार साँझ वार्ता हुँदैछ । सोमबार साँझ ६ बजे गृहमन्त्री रमेश लेखकले ‘नो केबलकार समूह’सँग वार्ता गर्ने तय भएको एमाले सांसद योगेश भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार आन्दोलनरत पक्षले गृहमन्त्रीसँग भेटेर आफ्ना कुरा राख्न चाहेकाले सोमबार साँझ भेटघाटको समय तय भएको हो ।…