काठमाण्डु- पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ८ जना कार्यकर्ता पक्राउ परेका छन्। सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा मंगलबार निषेधित क्षेत्रमा रहेका प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले पक्राउ गरेको हो। यसअघि प्रहरीले प्रदर्शनकारीमाथि चार सेल अश्रुग्यास प्रहार गरेको थियो। सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते प्रहरीले रास्वपा सभापति लामिछानेलाई…