काठमाण्डु-मध्यपश्चिम विश्वविद्यालय र चीनसहित दक्षिण एशियाका तेह्र विश्वविद्यालयले साझेदारी गर्ने घोषणा गरेका छन् । उक्त साझेदारीमा शिक्षा, अनुसन्धान र प्राविधिक आविष्कारमा एकआपसमा सहयोग पुर्याउने उल्लेख छ । मध्यपश्चिम विश्वविद्यालयले चीनमा आयोजित हुबेई (चीन) र दक्षिण एशियाका विश्वविद्यालय अध्यक्षहरूको फोरममा सहभागी भई संयुक्त घोषणा पत्रमा हस्ताक्षरसमेत गरेको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले…