काठमाण्डु - संयुक्त राष्ट्रसंघीय आठौँ विश्व सडक सुरक्षा सप्ताहको अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपाल कार्यालयले स्वास्थ्य पत्रकार मञ्च–नेपाल र नेपाल सडक सुरक्षा परिषद्सँग अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । कार्यक्रमको उद्देश्य जिम्मेवार पत्रकारितालाई प्रवद्र्धन गर्दै, सडक सुरक्षाको विषयमा जनचेतना अभिवृद्धि गर्ने र सडक सुरक्षाको संस्कृतिलाई सुदृढ बनाउने रहकेो छ । ३० भन्दा बढी पत्रकारहरूको उपस्थितिमा…