कास्की – पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा डुङ्गा पल्टिँदा पानीमा परेका ३ जनाको सकुशल उद्धार गरिएको छ । शनिबार अपराह्न डुङ्गा अचानक पल्टिएपछि डुङ्गामा सवार चालक आमबोटघाटका ४० वर्षीय महेश सुनार, रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारू फेवातालमा डुबेका थिए । घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरी…