काठमाण्डु-लेबनानमा पछिल्ला दुई सातादेखि इजरायलले गरिरहेको क्षेप्यास्त्र आक्रमणमा अहिलेसम्म १,१०० भन्दा धेरै लेबनानीको मृत्यु भइसकेको छ । आक्रमणकै क्रममा लेबनानको भूमिमा इजरायली फौजले कब्जा पनि जमाएका छन् । यो अवस्था लेबनानको एउटा राजनीति दल तथा लडाकु समूह हिज्बुल्लाह र इजरायल बीचको द्वन्द्वका कारण आएको हो । हिज्बुल्लाह लडाकु समूह लेबनानको राष्ट्रिय सेनाभन्दा बढी शक्तिशाली छ…