मन्त्री राणा र राष्ट्रसङ्घीय उपमहासचिव भेटवार्ता

काठमाण्डु-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र राष्ट्रसङ्घीय उपमहासचिव तथा ‘युएन वुमन’की कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री राणा र उपमहासचिव सीमाबीच बिहीबार भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा युएन वुमनले विश्वमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा…