काठमाण्डु – अविरल वर्षाका कारण मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय (इन्द्र सरोबर ताल) भरिन थालेको छ । अविरल वर्षा ५–७ घण्टा कायमै रहे ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने भन्दै नेपाल विद्युत् प्राधिरकण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरेको छ । केन्द्रले पत्राचार गर्दै भनेको छ, ‘अहिले भइरहेको अविरल वर्षाको कारण यस…