काठमाण्डु – पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई शिवलिङ्गको दुर्लभ ‘छाया दर्शन’ गराइएको छ । दर्शनका लागि पशुपति क्षेत्रमा भक्तजनको ठूलो घुइँचो लागेको थियो । हिउँद सकिँदै गर्दा र सूर्य उत्तरायणतर्फ लागेर दिन न्यानो हुन थालेको संकेतसँगै पशुपतिनाथमा धार्मिक र रहस्यमयी उत्सव सम्पन्न हुने गर्दछ, जसले विज्ञान, इतिहास र अध्यात्मलाई एकै ठाउँमा उनेको विश्वास…