हेटौँडा—मकवानपुर जिल्लाको पर्यटकीयस्थलको विकास र प्रवद्र्धन गर्न उद्देश्यले केबुलकार निर्माण गर्न गृहकार्य शुरु भएको छ । मकवानपुरको थाहा नगरपालिकाको सिमभञ्ज्याङ र भीमफेदी गाउँपालिकाको भैसे जोड्ने गरी केबुलकार निर्माण गर्न प्रारम्भिक अध्ययन शुरु गरिएको थाहा नगरपालिकाले जनाएको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको नेतृत्वमा विज्ञसहितको एक टोलीले उक्त नगरपालिकाको वडा नं ४ स्थित सिमभञ्ज्याङको स्थलगत…