जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, ट्याक्टर दुर्घटनामा पनि चारको ज्यान गयो

काठमाण्डु- ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो । जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार…