काठमाण्डु– 'मिस्टर काठमाडौं'को उपाधि विजेता प्रकाश राईको मृत्यु भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको हो । राईले ५ दिनअघि मात्र ७५ केजी तौलमाथि समूहमा मिस्टर काठमाडौं उपाधि जितेका थिए । टिम म्यानेजरसहित होटलमा बस्दै आएका ४५ वर्षीय राईलाई हृदयघात भएपछि ग्रन्डी अस्पताल लगिएको थियो । घटनापछि राईका आफन्त मोरङबाट काठमाडौं आइपुगेका छन् ।