काठमाण्डु-बुधबार बिहान काठमाण्डुमा भूकम्प गएसँगै फिलिपिन्स र अफगानिस्तानमा पनि भूकम्प गएको छ । फिलिपिन्सको मिन्दानाओ टापुको दक्षिणी क्षेत्रमा बुधबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। यस्तै, अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा पनि ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभाग अर्थात यूएस जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार फिलिपिन्समा गएको भूकम्पको केन्द्रबिन्दु मागुलिङबाट ३८ किलोमिटर दक्षिण–दक्षिणपश्चिम र माइतुमबाट…