नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेश सरकारको लागतमा विस्तार तथा स्तरोन्नति गरिएका सडकलाई कालोपत्र गरिने बताएका छन् । नुवाकोटको बेलकोटगढी–७ मा शुक्रबारदेखि सुरु भएको ‘तीज पर्व विशेष रमाइलो मेला’को उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले सडकमा लगानी गर्ने तर संरक्षण नहुने प्रवृत्ति अन्त्य गर्न विस्तार भएका सबै सडकलाई अनिवार्य कालोपत्र गर्ने कार्यक्रम ल्याउन…