काठमाण्डु – नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावलीको विरोध चर्काउँदै न्याय परिषद्मा धर्ना र प्रदर्शन गरेपछि न्यायाधीश नियुक्ति रोकिएको छ । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्तिको तयारी स्थगित गरेर न्याय परिषद् नियमावलीमा सुझाव दिन कार्यदल सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको संयोजकत्वमा कार्यदल बनाएका हुन् । कार्यदलमा न्याय परिषद्का सदस्यसमेत रहेका…