काठमाण्डु–दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली दक्षिण सुडानमा तैनाथ श्री नाथ गण (शान्ति सेना) चौधौं डफ्फाको पहिलो टोली त्यसतर्फ प्रस्थान गरेका छन् । बुधबार चौधौं डफ्फाको १७५ जना नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रमुख सेनानी सुरेश देवकोटाको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्र सङ्घको चार्टर विमानद्वारा दक्षिण सुडान प्रस्थान गरेको हो…