ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा अधिकारी नियुक्त

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारी नियुक्त भएका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ भदौ १३ गतेको निर्णयबाट ऊर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ का अधिकारीलाई वरिष्ठ ऊर्जा विज्ञमा नियुक्त गरिएको छ । इलेक्टिकल इन्जिनीयरिङ स्नातकोत्तर (डिग्री) हासिल गरी नेपाल विद्युत् प्राधिकरणबाट उपकार्यकारी निर्देशक पदबाट निवृत्त भएका अधिकारी…