३० वर्षे अवधि विवाद : सशस्त्रका अधिकृतहरूको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाण्डु – सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलमा कायम ३० वर्षे सेवा अवधि हटाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले गत आइतबार सशस्त्र प्रहरी बलका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले ३० वर्षे सेवाअवधि हटाउन माग गर्दै दिएको रिट निवेदनमा विपक्षीहरुसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।…