सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी

काठमाण्डु – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्विक महत्त्व बोकेका सम्पदा संरक्षणमा स्थानीय तहको सहभागिता हुनुपर्नेमा जोड दिएकी छन् । काठमाण्डुको बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनीदेवी मन्दिर पुनर्निर्माण समितिले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सम्पदा संरक्षणमा स्थानीय तहको प्रयासको सराहना गरिन् । पूर्व राष्ट्रपति भण्डारीले स्थानीय कला संस्कृतिको संरक्षण र विकासको आवश्यकतामा जनताको उत्साहपूर्वक सहभागिता…