इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग चेल्सी पराजित

काठमाण्डु-इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । गएको सिजनको विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई हराउँदै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा सिटीले २–० को जित प्राप्त गरेको हो । सिटीको लागि एर्लीङ हालान्ड र माटियो कोभाचिचले १–१ गोल गरे । सिटीले जितसँगै ३ अङ्क…