उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्यु, घटनापछि नवलपुर क्षेत्र तनावग्रस्त

सर्लाही – सर्लाहीको नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा १ युवतीको मृत्यु भएको छ । पाइल्सको समस्याबाट पीडित १८ वर्षीया हंसु पासवान उपचारका लागि औषधालय पुगेकी थिइन् तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । लालबन्दी नगरपालिका–२ पुनर्वासकी स्थायी वासिन्दा हंसुको अवस्था सुरुमा सामान्य रहेको परिवारजनको भनाइ छ । तर औषधालयमा इन्जेक्सन लगाएपछि उनको…