काठमाण्डु – गृह मन्त्रालयले स्वार्थ समूहहरूले अस्थिरता फैलाउने प्रयास गर्न सक्ने भन्दै प्रदर्शन, धर्ना र जुलुसजस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समूहका नाममा सार्वजनिक भइरहेका विरोधका कार्यक्रमहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस्तो गतिविधिले देशमा शान्ति र स्थायित्वमा असर पार्न सक्ने चेतावनी दिएको…