ब्राजिलमा विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु

काठमाण्डु–ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६१ जनाको मृत्यु भएको छ । दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ । दुर्घटनामा चालक दलका चार सदस्य र ५७ जना यात्रु गरी ६१ जनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको…