केन्द्रीय बैंकले वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने

काठमाण्डु – नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानकै रूपमा अगाडि बढाउने भएको छ । आममानिसलाई वित्तीय रूपमा साक्षर बनाउने लक्ष्यका साथ केन्द्रीय बैंकले अभियानको प्रबन्ध गरेको हो । चालू आवको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ग्राहकको हित संरक्षण, बैंक तथा वित्तीय संस्थाप्रति सेवाग्राहीको दायित्वलाई ध्यानमा राखेर वित्तीय साक्षरतालाई विशेष जोड दिइएको बताए ।…