राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त

काठमाण्डु – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्ष नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका पूर्व प्रमुख अधिकारी यसअघि आयोगको सदस्य थिए । बैठकले कायममुकायम मुख्यसचिव लिलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको छ । असार ३१ गते सरकारले निमित्त…