सत्ता परिवर्तनसँगै सिंहदरबारमा नेता तथा कार्यकर्ताहरूको भीड

काठमाण्डु-देशको सबैभन्दा ठूलो प्रशासनिक भवन रहेको सिंहदरबार परिसरमा मंगलबार अघि पछिभन्दा बढी चहलपहल देखियो । मुलुकका प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिमा सोमबार नयाँ सरकार गठन भएसँगै मन्त्रीहरूलाई बधाई दिन सिंहदरबार प्रवेश गर्नेको भीड मंगलबार दिनभर जारी रह्यो । नयाँ मन्त्रीहरूलाई शुभकामना दिने र बधाई ज्ञापन गर्न उपत्यकामा रहेका आफन्तजन…