काठमाण्डु – नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । आईतबार पत्रकार सम्मेलन गर्दै उनले लोकतन्त्रमा फरक मत अपरिहार्य रहेको भन्दै जेनजी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन् । उनले प्रेस विज्ञप्तिमार्फत भने, ‘लोकतन्त्रमा फरक मत अपरिहार्य हो । त्यसलाई स्वीकार गर्ने साहस हामीले देखाउनुपर्छ । जेनजी आन्दोलनले…