काठमाण्डु – परराष्ट्र मन्त्रालयका नवनियुक्त सचिव अमृतबहादुर राईले पदभार ग्रहण गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेपछि बुधबार उनले कार्यभार सम्हालेका हुन् । तत्कालीन परराष्ट्र सचिव सेवा लम्साल अवकाशअघि नै बेल्जियमको राजदूतमा सिफारिस भएपछि राईलाई कायममुकायम सचिवको जिम्मेवारी दिइएको थियो । लम्साल संसदीय समितिबाट अनुमोदन भएर राजदूत नियुक्त भएपछि सरकारले राईलाई…