काठमाण्डु – आउँदो तिहार पर्वको उल्लासमय माहोलमा, विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रूप अन्तर्गतको याङ्गो राइडले आफ्ना पार्टनर ड्राइभरहरूलाई सहयोग र सम्मान स्वरूप विशेष समय सीमित अभियान सुरु गरेको घोषणा गरेको छ । अभियानको उद्देश्य तिहार जस्तो व्यस्त समयमा ड्राइभर पार्टनरहरूलाई थप आम्दानीका अवसरहरू प्रदान गर्नु र कम दबाबमा बढी कमाउन सहयोग पुर्याउनु रहेको बताइएको छ…