काठमाण्डु – ललितपुरको नक्खु कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेलाई शुक्रबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगो बराबरको जमानत लिएर लामिछानेलाई रिहा गर्न आदेश दिएपछि उनलाई काठमाण्डुबाट रुपन्देही लैजाने तयारी थालिएको छ । उच्च अदालतको आदेशअनुसार जिल्ला तहमा आवश्यक प्रशासनिक प्रक्रिया पूरा गरी…