काठमाण्डु – नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुलीको दुधौली नगरपालिका–१२ घर भएकी ४० वर्षीया गिता कुमारी आचार्य, सल्यानको कुमाख गाउँपालिका–४ घर भएका ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ घर भएका ४२ वर्षीय हरिभक्त…