काठमाण्डु – नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा केन्द्र र प्रदेशका नेताहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने र आम्दानीको स्रोत पारदर्शी बनाउनुपर्ने प्रस्ताव गरिएको छ । आईतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘पार्टी रूपान्तरण र पुनर्निर्माणको संकल्पः आजको आवश्यकता’ प्रतिवेदनमा पारदर्शिताको विषय उल्लेख छ । प्रतिवेदनमा सम्पत्ति विवरण पार्टीमा बुझाउने समयसीमा फागुन…