सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोका कारण ९ घर विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ घर विस्थापित भएका जानकारी दिए । उनका अनुसार पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ…