काठमाण्डु – प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ अनुपस्थित रहेपछि युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफल कार्यसूचीबाट हटाइएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बजेटमाथिको छलफल सुरु भएलगत्तै खेलकुदमन्त्री श्रेष्ठको खोजी गरेका थिए । उनले सम्बन्धित मन्त्री अनिवार्य रुपमा उपस्थित हुनुपर्ने भनेर माग राखेका थिए । खेलकुदमन्त्री अनुपस्थित रहेपछि सभामुख देवराज घिमिरेले…