अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाण्डु – चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगंगा नगरपालिका–३ बस्ने ३३ वर्षीय बसन्त बस्याल र सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका–२ बस्ने ३४ वर्षीय लाल कुमार मण्डल रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले…