टिप्परबाट खसेर १ जनाको मृत्यु

रामेछाप – टिप्परबाट खसेर रामेछापमा १ जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका–१ भैसेश्वरस्थित सडकमा सुकाजोरबाट सालुतर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ९७६३ नम्बरको टिप्परबाट खसेर सोही नगरपालिका–४ सालु अर्चले बस्ने ३२ वर्षीय नारायण बस्नेतको आईतबार दिउँसो मृत्यु भएको छ । टिप्परबाट खसेर गम्भीर घाइते भएका उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।…